बदलिँदो समय र साहित्य:-

 युनिषा सत्याल 

अहिलेको वेवको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेका कुराहरुमा साहित्यको स्थान पहिलोमा छ । दुनियाँलाई अहिले हाताहाती र तातो तातो कुराहरुको खानी छ साहित्यका लागि भने यो समय बडो बेइमानी छ । कोही साहित्य पढ्दैन । साहित्यको कुरा परैजाओस् पाठ्यक्रम पनि आजको विद्यार्थीले पढ्दैन, भेटे चोर्छ नभेटे फार्छ । उसलाई मोबाइल र नेट भए भयो । कुनामा पस्यो र कुनामा पसेका अर्कोसँग च्याटको खेती गर्यो । बस यति छ । 

जय होस् यस इन्टरनेटका युगको । मानवसमाजलाई सपार्न आएको यस नेटको दुनियाँमा मानिस समाज भत्कँदै गएको जस्तो मलाई लाग्छ । मेरो गल्ती हो भने उसैले जानोस्, मावन समाज भोलि कता जाला यो पनि उसैले जानोस् र उसैका हिमायतीले जानून् म के भन्न सक्छु र उसैको बुइ चढेको छु म समेत । धेरै उसको वदनाम नगरूँ !

युनिषा सत्याल  :www.writerPrathana.com 


Post a Comment

0 Comments